पोखरामा भएको त्यो पहिलो भेट । Nepali Love Story


पोखरामा भएको त्यो पहिलो भेट । Nepali Love Story

पोखराको हावामा मार्चको त्यो बिहान एक प्रकारको चिसोपन थियो। अन्नपूर्ण हिमशृङ्खलाको किनारमा हल्का कुहिरो घुमिरहेको थियो। “My Chilling Point” नामक सानो र रमाइलो क्याफेमा, फेवा तालको नजिकैको व्यस्त सडकमा अवस्थित, ताजा कफीको सुगन्धले वातावरण भरिएको थियो। काठका भित्ताहरूमा स्थानीय कलाकृतिहरू सजिएका थिए भने हल्का संगीतको धुनले माहोललाई अझ मिठो बनाइरहेको थियो। समिर आफ्नो नियमित कुनाको टेबलमा बसेको थियो, ल्यापटप खोलेर कोडिङमा हराइरहेको थियो। ग्रे रङको पुरानो हूडी र जीन्स लगाएको, कपाल अलिकति बिग्रिएको, ऊ एक सफ्टवेयर इन्जिनियरको रूपमा आफ्नो संसारमा मग्न थियो। यो क्याफे उसको लागि दोस्रो घरजस्तै थियो—काम गर्ने र आराम गर्ने ठाउँ।

gopyagyan story


कोठाको अर्को कुनामा, लिली ब्राउन झ्यालको छेउमा बसेकी थिइन्। उनको निलो आँखाले बाहिर तालमा डुङ्गाहरू तैरिरहेको दृश्य नियालिरहेको थियो। इङ्ल्यान्डबाट आएकी पर्यटक, उनी केही दिनअघि नेपाल पुगेकी थिइन्, हिमाल र यहाँको संस्कृतिको कथाले आकर्षित भएर। उनको सुनौलो कपाल काँधमा लहराउँदै थियो। उनको मुस्कान आहा, अझ डिम्पल पर्ने उनका गाला गहिरिएर देखिन्थे—चम्किलो र मनमोहक थियो। उनको ती निला आँखामा जो पनि मोहित हुनु स्वाभाविक थियो, त्यो ठूलो कुरा थिएन। उनले क्यापुचिनो पिउँदै थिइन्। टेबलमा ट्याब्लेट राखिएको थियो, तर उनको स्मार्ट पेन्सिल प्रयोगविहीन थियो। उनी नयाँ ठाउँको अनुभवमा डुबेकी थिइन्।


समिरले आफ्नो स्क्रिनबाट टाउको उठायो। घाँटी मर्काउँदै थकान मेटाउन खोज्दा उसको नजर लिलीमाथि पर्‍यो। उनको सुन्दरता र न्यानोपनले उसलाई एकाएक छोयो। ठ्याक्कै त्यही बेला लिलीले पनि माथि हेरिन्, र उनीहरूको आँखा जुधे। उनले लजाउँदै हल्का मुस्कुराइन्, र समिरले पनि त्यसको जवाफ फर्कायो। फेरि एकपटक हेराइ, फेरि मुस्कान, र चाँडै नै यो क्याफेको न्यानो प्रकाशमा उनीहरूबीच मौन खेल सुरु भयो। लिलीका निला आँखाले समिरलाई उनीतिर झन् आकर्षित बनाउँदै थियो।


समिर ढिला गर्ने मान्छे थिएन। उसको स्वभावमा आत्मविश्वास र खुलापन बुनिएको थियो। उसले ल्यापटप बन्द गर्‍यो, कफीको मग समात्यो र उठ्यो। मुटु अलिकति छिटो धड्किँदै थियो। बहिर्मुखी समिर उनीकहाँ गयो र शिष्टाचारपूर्वक सोध्यो, ‘May I sit here with you?’ उसको स्वर विनम्र तर आत्मविश्वासी थियो।

पोखरामा। उनको बेलायती लवज मधुर तर स्पष्ट थियो। “मलाई साथीको खाँचो थियो।”

समिर उनको सामुन्ने बस्यो, कप टेबलमा राख्दै। “म समिर,” उसले हात अघि बढायो। उनले हात मिलाइन्। उनको स्पर्श न्यानो र बलियो थियो। “म लिली। लिली ब्राउन।”

सानो कुराकानीबाट सुरु भएको वार्तालाप बिस्तारै गहिरियो। समिरले आफ्नो कामको बारेमा बतायो—स्टार्टअपका लागि एप कोडिङ गर्ने र “My Chilling Point” उसको दोस्रो घर भएको कुरा सुनायो। लिलीले आफ्नो यात्राको कथा खोलिन्—एक फ्रीलान्स ग्राफिक डिजाइनर, उनी नेपालमा आफ्नो कलाको लागि प्रेरणा खोज्न आएकी थिइन्। उनले नेपालको सुन्दर वातावरणले आफूभित्र केही फरक ऊर्जा ल्याएको कुरा पनि समिरलाई सुनाइन्। उनीहरू कफीप्रेमी भएकोमा हाँसे र साहसिकता र रचनात्मकताप्रति उस्तै सोच भएको कुरा थाहा पाए।


“पोखरा घुमिसक्यौ त?” लिलीले उत्सुकतापूर्वक सोधिन्, अगाडि झुक्दै।

“यहाँ जन्मिएको र हुर्किएको,” समिरले जवाफ दियो। “यो मेरो लागि पर्यटकीय ठाउँ मात्र होइन।”

उनको डिम्पल गहिरियो। “म यहाँ केही दिनका लागि मात्र छु। पोखराको असली रूप देख्न मन छ, धेरै ठाउँ हेर्ने मन छ। के तिमी… मलाई घुमाउन सक्छौ?”

समिरले एक सेकेन्ड पनि ढिला नगरी “हुन्छ” भन्यो। लिली केही नबोलेको देखेर ऊ आफैँ अघि सर्दै भन्यो, “भोलि। बिहान ९ बजे। यहाँ भेटौँ?”

“ठिक छ,” उनले भनिन्। उनीहरूले कप ठोक्काएर रमाइलो सम्झौता गरे।

दुवै जना आफ्ना-आफ्ना गन्तव्यका लागि छुट्टिए। समिरलाई आज रात निद्रा पर्ने वाला थिएन। उता लिली पनि भोलिको लागि केही नर्भस थिइन्। मनमा कुरा खेलाउँदा-खेलाउँदै उनीहरू कतिबेला सुतिसके, पत्तै भएन।


भोलिपल्ट बिहान आमा नबोलाउँदै समिरको आँखा खुल्यो। घडी हेर्दा ७ बजिसकेको रहेछ। ऊ हतार-हतार बाथरूम पस्यो, नुहायो, धुवायो र फ्रेस भएर आयो। सधैँ ९ बजे आमाले बोलाएपछि मात्र उठ्ने छोरो आज यति चाँडो तयार भएको देखेर आमा पनि छक्क परिन्। आमाले पकाएको खाना हतार-हतार खाएर उसले आफ्नो बाइक निकाल्यो र क्याफेतिर लाग्यो।


समिर योजना लिएर क्याफेमा आइपुग्यो। लिली हल्का ज्याकेट, निलो जिन्स र बुटमा, स्केचबुक काखीमा च्यापेर क्याफेको गेटनिरै कुरिरहेकी रहिछन्। समिरलाई देखेर लिलीको मुखमा मुस्कान छायो। क्याफेमा बसेर कफी पिउँदै समिरले लिलीलाई आजको योजना सुनायो। कफी सकेर उनीहरू फेवा तालतिर लागे।


उनीहरूले फेवा तालबाट दिनको सुरुवात गरे। काठको डुङ्गा भाडामा लिएर बिहानको घाममुनि तैरिए। तालको पानी चम्किरहेको थियो, हिमालको प्रतिबिम्ब देखिन्थ्यो। लिलीले पानीमा औँलाहरू चलाउँदै हाँसिन्। समिरले डुङ्गा डुबाउने चुट्किला सुनाउँदा ऊ रमाइरहेकी थिई। किनारमा, उनीहरू Lakeside बजार घुमे, जहाँ हस्तकलाका पसलहरू र ममको बास्नाले वातावरण रंगीन बनाएको थियो। समिरले लिलीलाई पोखराको एकदम स्वादिष्ट मम खुवाउन लgyo।


मम एकदम स्वादिष्ट लागेछ लिलीलाई। उनको अनुहारको भावले त्यस्तै बताउँदै थियो। लिलीले अकबरे खुर्सानीको झोल देखेर समिर अचम्म मानेर सोध्यो, “Lily, this is too spicy; you may not eat this.”

लिलीले अचम्म मान्दै समिरको अनुहार हेर्दै भनिन्, “Oh no, I think this is tomato achar.”

दुवै जना हाँसे। समिरले यतिबेलासम्म मम खाइसकेको थियो। ऊ लिलीलाई हेर्न थाल्यो। पिरो मम मुखमा हाल्दा बित्तिकै लिलीको गोरो अनुहार रातो-रातो भयो। समिरले आफूलाई त्यसरी हेरेको देखेर लिलीले ‘Don’t look at me like that’ भन्दै हाँसिन्।


केही बेर हाँसो-मजाक गर्दै उनीहरू त्यहीँ बसे। दिउँसोसम्म उनीहरू बञ्जी जम्पिङको ठाउँमा पुगे। लिलीको आँखा उत्साहले चम्कियो। समिर, कम निश्चित भए पनि, उनको चुनौतीबाट पछि हट्न सकेन। सँगै बाँधिएर उनीहरू प्लेटफर्मबाट हाम फाले। लिलीले समिरलाई दुवै हातले कस्सिएर समाइन्। हावाले उनीहरूलाई बेगले तान्दा दुवै चिच्याए डर र उमङ्ग मिसिएर। लिलीको सुनौलो कपाल हावाको बेगसँगै फरफराउँदै गयो। जमिनमा खुट्टा टेक्दा उनीहरू हाँसोमा ढले—हाँफ्दै र रमाउँदै, एकअर्कालाई समातेर सन्तुलन बनाए।


दिनहरू साहसिकताको लयमा बिते। उनीहरू वर्ल्ड पिस प्यागोडा पुगे, जहाँ सेतो गुम्बा हरियाली पहाडमा चम्किरहेको थियो। सूर्यास्तले आकाशलाई सुन्तला र गुलाबी रङले रंगायो। भर्‍याङ चढ्दा लिली थाकेर असिनपसिन भइन्। पोखरा र फेवा तालको शान्त वातावरण र सुन्दर दृश्यले लिलीलाई अवाक बनायो। पोखरा रातको सङ्गमा ढल्कँदै थियो। बत्तीहरूले पोखरा झलमल्ल भएपछि मात्र उनीहरू त्यहाँबाट निस्किए।


समिरले लिलीलाई उनको होटेलसम्म छाडिदियो। बाइकबाट ओर्लिएर लिलीले आजको दिन यति यादगार बनाइदिएकोमा समिरलाई धन्यवाद दिइन्। दिन छोट्टियो, तर उनीहरू छुट्टिने चाहनामा थिएनन्। तर समयको ख्याल गर्दै छुट्टिनुपर्ने बाध्यता पर्‍यो। लिलीले दुई-दुई चोटि बाइ-बाइ गरेपछि मात्र समिर घरतिर लाग्यो।


दुई दिनसम्म उनीहरूको भेट्ने मौका मिलेन। समिर आफ्नो कामको सिलसिलामा काठमाडौँ गएको थियो भने लिलीको पनि कामको समयसीमा आएको हुनाले उनी होटेलबाट बाहिर निस्कने समय पाइनन्।


भौतिक दूरी भए पनि दुवै जना एक-अर्कालाई सम्झिरहेका थिए। साँझपख दुई दिनसम्म उनीहरूको घण्टौँ कुराकानी चलिराख्यो। यसरिनै दुई दिन बित्यो। समिर पनि काठमाडौँबाट फर्कियो। लिलीलाई भेट्न ऊ उनको होटेलमै पुग्यो। केही समयपछि उनीहरू खाना खान थकाली रेस्टुरेन्ट पुगे। डिनरपछि Lakeside मा केही बेर घुमेपछि भोलिपल्ट घुम्ने प्लान बनाएर छुट्टिए।


भोलिपल्ट सराङकोटमा प्याराग्लाइडिङ गर्दा उनीहरू चरा झैँ उडे। लिलीको हाँसो हावामा गुञ्जियो। प्रत्येक यात्राले उनीहरूको बन्धन गहिरो बनायो। समिरको हास्यले लिलीको संक्रामक हाँसो निम्त्यायो, उनको जिज्ञासाले उसलाई नियमित जीवनबाट बाहिर तान्यो।


एक हप्ता बित्यो। एक साँझ, तालको किनारमा बेन्चमा बस्दा, केही बदलियो। लिलीले उसलाई हेरिन्। उनको निलो आँखाले समिरको मन खोज्यो।

“मैले यो आशा गरेकी थिइनँ,” उनले बिस्तारै भनिन्। “तिमीलाई भेट्नु। यो… अनुभव गर्नु।”

समिरको मुटु द्रुत गतिमा धड्कियो। “म पनि। तर यो भएकोमा म खुसी छु।”

उनले मुस्कुराइन्, उसको काँधमा टाउको राखिन्। समिरले थाहा पायो कि यो क्षणिक आकर्षणभन्दा गहिरो थियो।

Also Read: शत्रुबाट प्रेमी सम्मको रोचक यात्रा । Nepali Love Story

लिलीको १५ दिनको मूल योजना तीन महिनामा परिणत भयो। उनले भिसा लम्ब्याइन्, पोखरामा बस्ने निर्णय गरिन्। ग्राफिक डिजाइनरको रूपमा, उनले फ्रीलान्स काम सुरु गरिन्। “My Chilling Point” मा समिरको छेउमा उनले आफ्नो सानो रचनात्मक कोठा बनाइन्। उनीहरू जोडी बने—कोडिङ र डिजाइनिङ, घुम्ने र सपना देख्ने। बिहान कफी र शान्त काम, दिउँसो चोरिएका नजर र साझा प्लेलिस्ट, र साँझ तालको किनारमा हात समातेर हिँड्ने। यसरि उनीहरूको दिन बित्दै गयो।


उनीहरूको प्रेम, क्याफेमा भएको एक संयोगिक नजरबाट जन्मिएको, नदीले आफ्नो बाटो पछ्याएझैँ स्वाभाविक रूपमा बढ्यो। पोखरा, यहाँको कुहिरोले ढाकिएका हिमाल र शान्त तालहरूले, उनीहरूको क्यानभास बन्यो। जहाँ दुई आत्मा—एक आत्मविश्वासी र अर्को घुमन्ते—ले एउटा अप्रत्यासित तर साझा प्रेमकथा रचे।

to be continued...


*

Post a Comment (0)
Previous Post Next Post